नेकपा (क्रान्तिकारी माओवादी)ले मन्थलीमा गर्यो भव्य जनसभा


२१ फागुन २०७७ काठमाडौं । दलाल संसदीय व्यवस्थालाई खारेज गरौँ, संघीय जनगणतन्त्र स्थापनाको दिशामा अगाडि बढौं भन्ने नाराकासाथ नेकपा (क्रान्तिकारी माओवादी)रामेछापले मन्थलीमा शुक्रबार जनसभा गरेको छ । शुक्रबार र्यालीले बजार परिक्रमा गर्दै मन्थली देवकोटा चोकमा जनसभा गरेको हो ।


जनसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य तथा ३ नम्बर प्रदेश इन्चार्ज दिनेश शर्मा सागरले अब नेपालको एक मात्र माओवादी पार्टी आफ्नो पार्टी रहेको जिकिर गरेका छ । निवर्तमान शेरबहादुर देउवालाई ४० सुत्रीय माग राखेर सुनुवाई नभएपछि ०५२ साल देखि १० वर्षे जनयुद्धको नेतृत्व गर्ने नेकपा (क्रान्तिकारी माओवादी) नै हो? बल्ले अहिले जनताले पार्टी चिन्न थालेका छन् । चुनाव अघि बनेको वामगठबन्धन टिक्दैन् ? भत्किन्छ ? भन्दा हाम्रा कुरा नसुन्ने,जनतालाई शान्ति र समृद्धिको नारामा मख्ख पार्दै हिंस्सा, हत्या, महङ्गी र भष्ट्राचारमा लुप्त हुने सरकारको नीति नै ठिक नभएको सागरले बताएका थिए ।

जनसभामा (नेकपा क्रान्तिकारी माओवादी)पार्टीका जिल्ला इन्चार्ज गगनले सम्पूर्ण शोषित,पीडित आवाजहरु अब आफ्नो पार्टीमा बुलन्द गर्न र क्रान्तिकारी माओवादीको संघीय जनगणतन्त्र स्थापनार्थ लाग्न जिल्लाबासीलाई आग्रह गरेका छन् ।रामेछाप जिल्ला सेक्रेटरी लाङ्घालीको सभापतित्वमा भएको सो जनसभामा युवाका केन्द्रीय उपाध्यक्ष तथा ३ नम्बर प्रदेश अध्यक्ष संकल्पले कार्यक्रम संचालन गरेका थिए । राष्ट्रिय उद्योग व्यापार महासंघ केन्द्रीय संयोजक जितेन्द्र दाहाल लगायत ले सम्बोधन गरेका थिए । देजमो रामेछाप जिल्ला अध्यक्ष स्वरुप सिंह, शहीद परिवार क.पदमराज गिरीका छोरा कपिल राज गिरी पनि उपस्थित थिए । मन्थली भञ्ज्याङ बजार परिक्रमा गर्दै र्याली देवकोटा चोकमा पुगेर जनसभा गरेको थियो ।जनसभामा उल्लेख्य संख्यामा जनसहभागिता रहेको थियो ।


newskiran.com

newskiran.com

You May Also Like