सरकार र विप्लवपार्टी बीच वार्ता गर्न समिति गठन


१९ फागुन २०७७ काठमाडौं ।सरकारले मंगलबार दिउँसो गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा विप्लव समूहसँग वार्ता गर्न समिति गठन गरेको छ । त्यसैगरि विप्लव समूहले पनि प्रकाण्डको नेतृत्वमा वार्ता समिति गठन गरेको हो।यस अघि ०७५ फागुनमा विप्लव पार्टीलाई सरकारले प्रतिबन्ध लगाएको थियो । केही दिन अघि मात्र वार्ता सहजीकरणका लागि सरकारी पक्षबाट फुकुवा गरिएको जनाइएको हो । विप्लव पार्टीलाई प्रतिबन्ध नलगाउन र प्रतिबन्ध फुकुवा गर्न नेकपा (क्रान्तिकारी माओवादी)का महासचिब मोहन वैद्य ‘किरण’ले पटकपटक सरकारसँग आग्रह गरेका थिए । त्यसैगरी नेकपा प्रचन्ड-माधव समूहका नेता नारायणकाजी श्रेष्ठले पार्टीको तर्फबाट र नेपाली कांग्रेस पार्टीले पनि विप्लवसँग वार्ता गर्न सरकारसँग भनेका छन् । सरकार तर्फबाट निकालिएको प्रेस विज्ञप्ति अंश

विप्लव पार्टीको प्रेस विज्ञप्ति अंश

newskiran.com

newskiran.com

You May Also Like