पेट्रोलको भाउ प्रति लिटर ११६ पुग्यो, अझै निगम घाटामा


१७ फागुन २०७७ काठमाडौं । केही महिना अघि मात्र भाउ बढाएको नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पुनः भाउ बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टीतेल तथा आन्तरिक तर्फको हवाई इन्धनको भाउ बढाएको जनाएको हो । मूल्य बढाउँदा पनि निगमलाई घाटा रहेको जनाइएको छ ।

निगमले एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाएको छ ।भाउ बढेको नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर ११६ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९९ रुपैयाँ पुगेको छ । निगमले ग्याँसको मूल्य भने बढाएको छैन ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार खरिदमूल्य बढेर नाफा चुलिएपछि निगमले तेलको मूल्य बढाएको हो । आन्तरिक तर्फको हवाई इन्धनमा भने प्रतिलिटर ५ रुपैयाँ बढाएर प्रति लिटर मूल्य ७२ कायम गरिएको छ । यस अघि बढाइएको मूल्य वृद्धि अनुसार पुन यातायात व्यवसायीहरुको भाडा वृद्धि माग भएको र मागलाई सम्बोधन गर्न साथै समायोजन विषय उठाइएको कारण मूल्य वृद्धि भएको हुन सक्ने यातायात व्यवसायीहरुको बुझाई छ ।

newskiran.com

newskiran.com

You May Also Like