ढोलाहिटी सडकखन्ड कालोपत्र हुन थाल्यो, हेर्नुहोस् भिडियो सहित

१६ फागुन २०७७ काठमाडौं । केही महिना अघि धुलाम्मे महालक्ष्मी नगरपालिकाबाट लामाटार सम्मको हाइवे पिच भइसक्दा सातदोबाटो चापागाउँ खन्डको चौडासडक अझै पिच नभएको गुनासो बढ्न थालेको छ । चक्रपथबाट करिब १ किलोमिटर दुरीमा रहेको ढोलाहिटी हुँदै चापागाउँ रुटको चौडासडक खन्ड पिच नभएको स्थानीयहरुको गुनासो बढ्न थालेको हो । स्थानीयको गुनासो बढ्न थालेपछि सडक पिचको काम अघि बढाउन थालिएको एक बसका चालक (नाम परिवर्तन राम )ले न्युजकिरण डटकम अनलाइन खबरलाई जानकारी गराए । उनका अनुसार सडक वरिपरि रहेका घरधनीको घर जग्गा जाने हुनाले उचित मुआब्जा दाबी विरोधी आन्दोलन हुने भयले सडक निर्माण ढिलो भएको अनुमान राजनीतिक दलका नेताहरुको छ ।सडकमा उड्ने धुलोले यात्रामा असहज भएको छ । साइकल होस वा बाइक अनि मसिना गाडी होस् वा ठुला सबै गुड्दा सडक धुलाम्मे देखिन्छ । धुलाम्मे सडकमा हिंड्ने पैदल यात्रीहरु भने मुख थुन्दै हिंड्न बाध्य छन् । जे होस् सडक पिच नभएको गुनासो बढ्न थालेको छ । सरोकारवाला निकायको अन्य कुरामा भन्दा सडक पिच गर्ने तर्फ ध्यान जानु जरुरी छ । वर्तमान समयमा राजनीतिक दलका प्रतिनिधिहरुले अरु जे भएपनि सडक पिचमा शीघ्रता जनाउन सके चुनावी नाराचाहिं मज्जाले घन्काउन पाउने छन् ।यस्तो छ सडक अवस्था भिडियो सहित हेर्नुहोस्

newskiran.com

newskiran.com

You May Also Like