अब सांसदहरुले ३ महिनाको एकमुष्ट तलब पाउने

१३ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतद्वारा फागुन ११ मा प्रतिनिधि सभा विघटन सम्बधी आदेश खारेज गरिएसँगै गत पुष ५ गते गरिएको प्रतिनिधिसभा विघटन व्युतिएको छ । यससँगै अब चाँडै तलबविहीन भएका प्रतिनिधिसभाका सांसदहरुले एक मुष्ट तीन महिनाको तलब पाउने सम्भावना बढेको छ । सर्वाेच्च अदालतले संसद् पुनस्थापना गरेपछि सांसदहरुले ३ महिनाको तलब एकैचोटी पाउन लागेको संघीय संसद् सचिवालयले जनाएको हो ।

संघीय सचिवालयका अनुसार प्रतिनिधि सभाका सदस्य र तिनका पिएलाई पुस, माघ र फागुन महिना गरी तीन महिनाको तलब एकमुष्ट रूपमा पठाउने तयारी गरिएको छ ।
२५ फागुनअगावै तीन महिनाको तलब सांसदको खातामा पठाउने तयारी भइरहेको सचिवालय स्रोतले जनाएको छ ।

सरकारी कर्मचारीसरह सांसदहरूको तलब २५ गते बैंक खातामा हाल्ने चलन रहेकाले पनि अब एकमुष्ट रुपमा तीन महिनाको तलब पठाउन लागिएको जनाइएको हो । पुस ५ मा प्रतिनिधि सभा विघटन पछि भने सांसदहरू तलब विहीन भएका थिए ।

अहिले सांसद्हरुले कति तलब पाउँछन् त ?

हाल सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ। प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको भने सांसदको भन्दा बढी रहेको छ।

गत मंसिर महिनामा प्रतिनिधि सभाका सांसदहरूका लागि १ करोड ९४ लाख २० हजार पठाइएको थियो। २७५ सांसद रहने प्रतिनिधि सभामा हाल २७४ सांसद रहेका छन् । जसमध्ये ४ जना निलम्बनमा परेका छन् ।

यसैगरी प्रतिनिधि सभाका सांसदका पिएका लागि मात्र मंसिर महिनामा १ करोड ५ लाख ६८ हजार रुपैयाँ भुक्तानी गरिएको थियो ।

मन्त्री रहेका प्रतिनिधि सभा सदस्यहरूले भने संसदबाट तलब बुझ्दैनन् । उनीहरुको छुट्टै तलब र खर्च निर्धारण गरिन्छ ।

संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सदस्यका लागि सचिवालयले प्रत्येक महिना ४८ लाख ८ हजार रुपैयाँ पठाउँदै आएको छ भने राष्ट्रिय सभाका सांसदका पिएको लागि २८ लाख ४२ हजार प्रति महिना खर्च हुने गरेको बुझिएको छ ।

तलब भत्ताभित्र संसदको बैठ्क बसेको दिनको बैठ्क भत्ता र ट्याक्सी भाडा तथा संसदीय समितिको बैठ्क बसेको दिनमा भत्ता पाउने व्यवस्था सांसद तथा पदाधिकारीको सेवा सुविधासन्बन्धी ऐनमा गरिएको छ भन्ने खबर बिहिबारको न्युज ट्वान्टी फोमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like