समसामयिक राजनीतिक सांगठनिक र वैचारिक विषयमा छलफल गर्दै अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनको बैठ्क सम्पन्न


११ फागुन २०७७ काठमाडौं । अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सचिवालयको बैठ्क समसामयिक राजनीतिक सांगठनिक र वैचारिक विषयमा छलफल गर्दै सम्पन्न भएको छ । सोमबार नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य,पार्टी प्रवक्ता एवम् शिक्षक संगठनका फ्याक्सन इन्चार्ज हरिभक्त कडेल (प्रतिक)को प्रमुख आतिथ्यमा ललितपुरको ग्वार्को स्थित स्टार फुडल्याण्डमा बैठ्क सम्पन्न भएको हो ।बैठ्कले सबै प्रदेश, जिल्ला, नगर, पालिका र वडा संगठन बिस्तार,भेला तथा सम्मेलनका लागि केन्द्रीय पदाधिकारी र सचिवालय समितिको मातहतमा रहेर अभियान तीब्र बनाउने निर्णय एकमतले पारित गरेको छ ।

संगठनका केन्द्रीय अध्यक्ष विजय रत्न बज्राचार्य सभाध्यक्ष रहेको सो बैठ्कमा शिक्षक संगठनले पार्टीको कार्यक्रम र पार्टी गतिविधिमा भाग लिएर र अघि बढ्ने नीति लिएको छ । पदाधिकारी तथा सचिवालय सदस्यहरुले आग्रह मनन् गरेका थिए । बैठ्कमा भएका निर्णयहरु सबै निकायमा कार्यान्वयन हुनुपर्नेमा अध्यक्ष बज्राचार्यको जोड रहेको थियो । करीब १० घन्टा लामो समय चलेको विशेष बैठ्कले संगठन थप क्रियाशील गराउन केन्द्रीय पदाधिकारी र सचिवालय सदस्य जिम्मेवारीमा हेरफेर गरेको छ ।

newskiran.com

newskiran.com

You May Also Like