यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गराउन आन्दोलन गर्ने


९ फागुन २०७७ काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने भनेका छन् ।

एक हप्तामै दुुई पटक डिजेल पेट्रोलको मूल्य बढाइएको तर यातायात व्यवसायीका समस्याप्रति बेवास्ता गरिएको भन्दै उनीहरूले आन्दोलन गर्ने भनेका हुन् ।

महासङ्घले एक हप्ताअघि विज्ञप्ति जारी गरी फागुन ८ सम्म मूल्यवृद्धि फिर्ता लिन अल्टिमेटम दिएको थियो तर सरोकारवाला निकायले मूल्यवृद्धि फिर्ताको कुनै पहल नगरेको भन्दै चरणबद्ध दबाबमूलक आन्दोलन गर्नुपर्ने अवस्था आएको महासङ्घका महासचिव सरोज सिटौलाले भनाई छ । चाँडै महासंघको सचिवालय बैठ्क बसी आन्दोलन गर्ने पनि निर्णय हुने उनको भनाई हो ।

नेपाल आयल निगमले डिजेल पेट्रोलको मूल्यवृद्धि गरेपछि यातायात व्यवसायीले भाडा समायोजन गर्नुपर्ने माग गर्दै आएका छन् ।

हप्तैपिच्छे पेट्रोलको मूल्य बढाइएको र गाडीका पार्टपुर्जाको मूल्य पनि वृद्धि भएको अवस्थामा भाडा समायोजनको विकल्प नभएको महासङ्घको बुझाई छ ।

कोरोनाले थला परेको यातायात क्षेत्रलाई सुचारु गर्न वैज्ञानिक भाडादर निर्धारण नगर्ने हो भने थप समस्या हुने व्यवसायीको बुझाई हो ।

सार्वजनिक सवारी साधनको कर, रुट इजाजत दस्तुर, जाँचपास, बीमा प्रिमियमलगायत सवारी साधनका पार्टपुर्जा, टायर, लुब्रिकेन्टमा अत्यधिक मूल्यवृद्धि भएको तर सवारी कर बीमालगायतमा कुुनै पनि राहत र छुटको सुविधा उपलब्ध नगराइएको व्यवसायीको गुनासो छ ।यो गोरखापत्र दैनिकमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like