८ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचन्डजीलाई झाँक्रीले पनि बचाउन नसक्ने देखेपछि माया लाग्ने गरेको बताएका छन् । शनिबार विराटनगरमा आयोजित आफू पक्षीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुवात देखिका सहयात्रीले छोड्न थालेपछि आफुलाई प्रचन्ड देखेर ‘माया लाग्ने’ गरेको बताएका हुन् ।
‘प्रचण्डकोजीको मलाई यसो माया लाग्छ, पहिले उहाँसँग वैद्य हुनुहुन्थ्यो। वैद्यले उहाँलाई छोड्नुभयो। त्यसपछि उहाँले डाक्टर लिनुभयो। डाक्टरले पनि उहाँलाई छोड्नुभयो,हाँस्दै ओलीले भने,‘अहिले एउटा झाँक्री लिनुभएको छ। तर, उहाँलाई झाँक्रीले पनि बचाउन सक्दैन् ।