८ फागुन २०७७ काठमाडौं । महिंला हिंसाविरुद्ध क्रान्तिकारी महिलाहरुले बसन्तपुर दरबार क्षेत्रमा प्रदर्शन गरेका छन् । प्रदर्शन सभा कार्यक्रममा बोल्दै महिला नेतृ अम्बिका मुडवरीले महिलाहरु दिन दहाडै बलत्कार हुन परेकोले सबै महिलाहरु एकपटक एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएकी छिन् ।उनले वर्तमान सरकारलाई हत्या हिस्सा बलत्कार लगायत समस्या समाधान गर्न आग्रह गरेकी छिन् । शनिबार दिउँसो भएको सो कार्यक्रममा उल्लेख्य महिलाहरुको सहभागिता रहेको थियो ।
विभिन्न प्ले कार्ड र नारासहित उनीहरुले गरेको कार्यक्रमको आयोजक भने संयुक्त महिला संघर्ष समिति रहेको कार्यक्रममा उपस्थित महिलाकर्मी इन्दिरा अधिकारीले न्युजकिरण डटकम अनलाइन खबरलाई बताइन् । कार्यक्रममा वैद्य माओवादीको युवाका केन्द्रीय संयोजक अमित महर्जन पनि सहभागी थिए ।त्यसैगरी महिला ३ नम्बर प्रदेश संयोजक शोभा गेलाल र विद्यार्थी नेतृ शिलु न्यौपाने सहित प्रदेश र जिल्ला स्तरका महिला नेताहरु उपस्थित सो कार्यक्रम सकिएपछि फोटो फिचर लिने काम गरेका थिए ।