शुशिला लामा र सागर बिसी टिकटक भाइरल, हेर्नुहोस् दोहोरी भिडियो सहित


८ फागुन २०७७ काठमाडौं । लोक दोहोरी गीतले यतिबेला खुब बजार तताएको बेला एकदुई युट्युब च्यानल र केही कलाकार खुब भाइरल बन्दै गएका छन् ।ती मध्ये पछिल्लो समय टिकटको भाइरल बनेकी गायिका हुन् शुशिला लामा । काँठे गीतका राजाका नामले चिनिने पुराना लोकदोहोरी गायक शिव नारायण जोशी सँगै उनका फूपुहरुले दोहोरी गाउँदा आफूलाई पनि बच्चैदेखिको कलाकार बन्ने सोच रहेको शुशिला लामाको चाहना खुल्दुलीमा छ ।तारा जुनले गीतले चर्चा पाएसँगै अझ उनको दोहोरी सागर बिसी प्रकाश पराजुली आदिसँग खुब जम्दै गएको देखिन्छ ।

अंग्रेजी र हिन्दी गीतमा रातदिन रम्ने गायन संस्कृति मोड यतिखेर नेपाली संस्कृतिमा रमेर जीवन्त रहनु हाम्रो देश नेपाललाई संसारमा चिनाउनु हो । दोहोरी कलाकारहरुले युट्युवमा गीत भरेसँगै अधिकाश नेपाली लोककला र संस्कृति लाई माया गर्ने देश विदेशमा रहेका नेपालीले हेरेर मज्जा र आनन्द लिने गरेका छन् ।सेक्स र इमोस्नल भावका खुराब खुब चल्ने वर्तमान युट्युव बजारमा लुकेर रहेका पुराना वा नयाँ प्रतिभाले अवसर पाउन राम्रो कुरा हो । अघिल्लो दोहोरी कथा खेत जोत्ने हलो र खेतको थियो। त्यसैलाई निरन्तरता दिने क्रममा खेत र सर्प सम्म पुर्याएर गाउने काम गरेका छन् सागर बिसी र शुशिला लामाले । भिडियो हेरेर मज्जा लिनुहोस्

newskiran.com

newskiran.com

You May Also Like