प्रचन्ड-माधव समूहबाट चौथो चरणको आन्दोलन सुरु

७ फागुन २०७७ काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले विहीबार चौथो चरणको आन्दोलन सुरु गरेको छ । फागुन १५ सम्म चौथो चरणको आन्दोलन घोषणा गरेको सो समूहको पहिलो कार्यक्रम अन्तर्गत विहीबार सो समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेरेको हो ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि चरणबद्ध आन्दोलन गरिरहेको यो समूहले माघ २८ मा काठमाडौंमा जनसभा गरेर तेस्रो चरणको आन्दोलन अन्त्य गरेको थियो । त्यसपछि फागुन १५ सम्मलाई यो समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको पार्टी स्रोतले बताएको छ ।

newskiran.com

newskiran.com

You May Also Like