क्रान्तिको उदघोष सहित रणनैतिक संयुक्त मोर्चाले गर्यो व्यवस्थाका विरुद्ध बुटवलमा सडक प्रदर्शन


रवि पाण्डेय

बुटवल – नेकपा (क्रान्तिकारी माओवादी )वैद्य सहित चारवटा क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्मिलित रणनैतिक संयुक्त मोर्चाका नेताहरुले संसदीय व्यवस्थाका विरुद्ध बुटबलबाट पनि क्रान्तिको झण्डा उठाउने उद्घोष गरेका छन् ।

बिहीबार रुपन्देहीको बुटवलस्थित ट्राफिक चोकमा आयोजित जनसभामा बोल्दै ती दलका नेताहरुले संसदीय व्यवस्था जनताको व्यवस्था नभई दलालहरुको भएको र त्यसको अन्त्यका लागि क्रान्तिको झण्डा उठाइने उद्घोष गरेका हुन् । हजारौं मानवभीड उपस्थित जनसभा कार्यक्रममा मोर्चा आबद्ध नेकपा (क्रान्तिकारी माओवादी)वैद्य नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेकपा, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र ऋषि कट्टेल नेतृत्वको नेकपाका नेताहरुले अबको विकल्प जनगणतन्त्र/ वैज्ञानिक समाजवाद हुने दाबी गरे ।
कार्यक्रम नेकपा क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश समितिका सचिव भुपेन्द्र न्यौपानेको अध्यक्षता,वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकुमार हिममाङको सञ्चालन तथा नेकपाका सहसंयोजक अम्बिका थैबको स्वागत मनतव्यबाट सुरु भएको थियो ।

नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्युरो सदस्य प्रेम सुवेदी, धनेश्वर पोखरेल लगायत मोर्चाका नेताहरु समेत सहभागी कार्यक्रममा जनकलाकारहरुले नृत्य तथा थारु संस्कृतिको झाकी प्रर्दशन पनि गरेका थिए ।
नयाँ जनवादी कार्यक्रम र वैज्ञानिक समाजवादको रणनीतिका एक भएका यी चार पार्टीले माघ २९ गते रणनैतिक संयुक्त मोर्चा बनाएपछि पहिलो कार्यक्रम सो फागुन १ गते काठमाडौंको शान्ति बाटिकाबाट नेकपा( क्रान्तिकारी माओवादी)ले एक्लैले गरेको थियो । संयुक्त मोर्चाले फागुन ६ गते भने बुटबलबाटै क्रान्तिको उदघोष भएको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल आहुतिले बताए ।उनले थपे मुलुकमा व्यक्तिमा होइन दलाल पूजिवादी संसदीय व्यवस्थामा संकट उत्पन्न भयो ।

त्यस्तै रणनैतिक संयुक्त मोर्चाका सदस्य भेषराज भुसालले जनताले क्रान्ति र विकल्प खोजेको भन्दैं ओली र प्रचण्डबाट त्यो संभव नभएको बताएका थिए । अर्का वक्ता अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डा.ओम गुरुङले कम्युनिष्टको नाममा ओली र प्रचण्डले जनतामा भ्रममा पारेको भन्दैं संसदीय व्यवस्थाका विरुद्ध उत्पीडित जाति–समुदाय क्रान्तिमा गोलबन्द हुन आग्रह गरे । राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीले भने जनमुक्ति सेना बुझाएकै दिनबाट प्रतिगमन भएको तर्क गरे । कार्यक्रममा वामपन्थी नेता शसिधर भण्डारी,माक्सवादी विचार मञ्चका सचिव बिनबहादुर कुंवर,नागरिक समाजका पदमबहादुर कार्की लगायतले बोलेका थिए । उनीहरुले संसदीय व्यवस्थाको विकल्पमा जानुको विकल्प नरहेको कुरामा जोड दिएका थिए ।

मोर्चाका नेता भुसाल पक्राउ
रणनैतिक संयुक्त मोर्चाको जनसभालाई सम्बोधन गरेर फर्कने क्रममा मोर्चाका सदस्य भेषराज भुसाललाई बुटवलको मिलन चोकबाट प्रहरीले पक्राउ गरेको छ । मोर्चाको जनसभामा सहभागी भएर फर्कने क्रममा नेता भुसाललाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ प्रति मोर्चा आबद्ध दलले आफ्नो धारणा सार्वजनिक गर्ने मोर्चाका नेता राम सिं श्रीसले जानकारी दिए । पक्राउ प्रति हामी घोर आपति तथा निन्दा ब्यक्त गर्छाै – श्रीसले भने।
मोर्चाका नेता भुसाललाई गिरफ्तार गरिएको बारे धारणा सार्वजनिक गर्न ७ गते पत्रकार भेटघाट आयोजना गरिएको क्रान्तिकारी माओवादीका नेता सुवेदीले जानकारी दिए ।

newskiran.com

newskiran.com

You May Also Like