युएन पार्क युवायुवतीहरुको रोजाइमा कसरी, हेर्नुहोस भिडियो सहित


६ फागुन २०७७ काठमाडौं । ललितपुरको शङ्खमूल नजिकै पारी सुकुम्बासी बस्ती र वारी युएन पार्क रहेको छ ।युएन पार्क युवायुवतीहरुको घुम्न जाने-आउने स्तम्भ बन्दै गएको छ । चलचित्र सुटिङ देखि लिएर अफिस जाने-आउनेहरु अनि फूर्सदमा समय कटाउनेहरुका लागि उत्तम स्थान बन्दै गएको हो ।
भलिबल खेलाडीहरु समेत पार्कको गेट नजिकै भलिबल खेल्ने ठाउँ बनाएर खेल्ने गरेका छन् । फूर्सदिलाहरु घुम्न जान अति मन पराउने युएन पार्क शङ्खमूल नजिकै रहेको शङ्खपार्क बनेपछि अलि छाँयामा परेको छ । बिहान बेलुकी दुबै ठाउँमा मानिसहरु उतिकै जमघट हुने गर्दछन् ।युएन पार्क भने वैदेशिक सहयोगमा निर्माण भएको बुझिएको छ ।

जे होस गाईबस्तु समेत यहाँ चराइने गरिन्छ । एउटा घाट पनि पार्क भित्र नै निर्माण गरिएको छ । आकासमा उडेका हुन वा रुखका बसिरहेका काग दृश्य समेत देख्न सकिने यस ठाउँमा मानिसहरुको पनि उतिकै जमघट हुने गर्दछन् । बदाम व्यापारी र खुला चिया व्यापारीहरु फाट्टफुट्ट देखिने गर्दछन् । घुम्न जाने-आउनेहरुको भीड नदेखिए पनि आराम गर्नमा प्रायः जो कोही एकपटक पुग्ने ठाउँ युएन पार्क बन्दै गएको भने मान्न सकिन्छ ।

newskiran.com

newskiran.com

You May Also Like