महालक्ष्मी- सानागाउँ यात्रा धुलाको जात्रा


२ फागुन २०७७ काठमाडौं । महालक्ष्मी नगरपालिकाका अधिकांश सडक निर्माणको क्रममा धुलाम्मे बन्दा बाइकमा सवाररत यात्रुहरुले सास्ती बेहोर्नुपरेको छ । नगरपालिकाको कार्यालय नजिकै भट्ट क्षेत्रदेखि साना गाउँचोकसम्म सडक निर्माणको कार्य चलिरहेकाले यात्रुहरुले सास्ती बेहोर्नुपरेको हो ।
आइतबार दिउँसो सो क्षेत्रमा अत्यधिक धुलो उडेको हाम्रा न्युजकिरण संवाददाताले बताएका छन् ।

सवारी साधन सडकमा हुईंकिदा धुलोले बाइकमा सवाररत यात्रुहरुले धुलाम्मे बन्नुपरेको हो । सडकको दायाँ बायाँ अझैं निर्माण कार्य बाँकि रहेकाले मंसीर महिनामै कालोपत्र गरी सकिनुपर्ने काम पनि थाँती रहेको स्थानीय सागर महर्जनले बताए । अब सडक चाडै कालोपत्रे बन्ने धुलाम्मे यात्रा नहुने उनले अपेक्षा थियो । सडक किनारामा रहेका केही व्यक्तिले भने सडक धुलाम्मे घटाउन बेला बेला पानी हाल्ने गर्दछन् । तर, कहिले सडक कालोपत्रे भइसक्छ र बाइकमा सवाररत चालकहरुले धुलोबाट बच्न सक्लान् ? रुघाखोकी, ज्वरो र निमोनिया के यस्तो धुलाम्मे यात्राले बढ्ला या घट्ला सम्बन्धित निकायको ध्यान तत्काल पुग्न जरुर छ ।आइतबार दिउँसो खिचिएको भिडियो दृश्य यस्तो छ हेर्नुहोस् :-

newskiran.com

newskiran.com

You May Also Like