प्रेम दिवस र गुलाब फूल एक परिचर्चा


२ फागुन २०७७ काठमाडौं । फ्लोरिकल्चर एसोशिसनद्वारा प्रेम दिवस (भ्यालेन्टाइ डे) मा २ करोड रुपैयाँको गुलाफ फूल बिक्री भएको अनुमान गरिएको छ । एसोशिसनका सचिव हिरामणि शर्माका अनुसार प्रेम दिवसमा २ करोड रुपैयाँको गुलाफ फूल बिक्री भएको अनुमान गरिएको हो । एसोशिसनका सचिव हिरामणि शर्माले प्रेम दिवसमा २ करोड रुपैयाँका २ लाख थुँगा गुलाफका फूल बिक्री भएको बताएका छन् ।

उनले भने,”यो वर्ष सोचेभन्दा बढी फूल बिक्री भयो, एक सय रुपैयाँको एक स्टिम फूलको पर्छ, २ लाख स्टिक फूल बिक्री हुँदा त्यसको मूल्य २ करोड पर्छ, हामीले एक लाख स्वदेशमै उत्पादन भएको बिक्री गर्यौं, एक लाख फूल विदेश(भारत)बाट पनि आयात गरेका थियौं । उनले यो वर्ष १ लाख थुँगा फूल नेपालमै र एक लाख जति विदेशबाट आयात गरेको बताए ।

उनका अनुसार भारतबाट १ करोड रुपैयाँका एक लाख स्टिक गुलाब फूल आयात भएको र वर्षेनी नेपालमा गुलाब फूल विदेशबाट आयात गर्ने गरिएको छ ।
नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकाले यो चाड मनाउँछन् । आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने प्रचलन पनि बढ्दै गएको छ ।

युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरिएको छ ।
प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस संसारभर मनाउने प्रचलन छ ।भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे को उत्सव मनाउने गरिएको छ ।
नेपालमा भने हाल भ्यालेन्टाइन डे लाई प्रणय दिवसको रुपमा मनाइदै आएको पाइन्छ ।

newskiran.com

newskiran.com

You May Also Like