२ फागुन २०७७ काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का नेता तथा देशभक्त जनगणत्रान्तिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले अर्को ठुलो दल भनेको नेपाली काँग्रेस रहेको बताएका छन् ।
शनिबार ३ नम्बर प्रदेश पार्टीले काठमाडौंमा गरेको २६ औ जनयुद्ध दिवस कार्यक्रममा बोल्दै गजुरेलले ओली सरकार र प्रचन्ड- माधव दुवै दल समूहले काँग्रेसलाई प्रधान मन्त्री खान आग्रह गरेकाले काँग्रेस अर्को ठुलो दल रहेको बताएका हुन् ।
करीब दश मिनेट बोलेका गजुरेलले अधिकांश समय प्रचन्ड-माधव समूह र ओली पक्षको उछितो काढेका थिए । गजुरेलले नागरिक समाजले केही समयअघि थालेको तेस्रो जनआन्दोलन ठिक भएको पनि बताएका छन् । नेकपा (क्रान्तिकारी माओवादी)ले बुटवल-नेपाल गञ्जको कार्यक्रम पछि मात्र तेस्रो जनआन्दोलन सुरुबारे थप कुरा गर्ने भन्दै उनले क्रान्तिमा आउन प्रचन्ड-माधव समूहका नेता देवगुरुङलाई पनि आग्रह गरेका छन् । सभामा गजुरेलले थपे, तेस्रो जनआन्दोलन आजबाटै सुरु भयो भन्थें तर अलि बेला भएको छैन । उनले काँग्रेस चुनाव गर्ने अदालतको आदेश मान्न तयार रहेको र प्रचन्ड नेपाल समूहको प्रतिनिधि सभा पुन: गठन आन्दोलनको पक्षमा पनि रहेको खुलासा गरे । आफ्नो पार्टीको शक्ति क्रान्तिकारी मोर्चा र नेतृत्व भएर अघि बढ्न थालेको छ उनले भने ।
यो पनि पढ्नुहोस्
युवा मार्फत गरिएको युवा मार्चपास शहीदगेट पुगेपछि केहिबेर सवारी साधन सडकमा रोकिएका थिए । कम्युनिष्ट पार्टीको झन्डा धरहरामा लाम बद्ध फहराइएको थियो । करीब ३ मिनेट सवारी साधनलाई ट्राफिक/सुरक्षा कर्मीले रोकेका थिए । त्यतिबेला राष्ट्रिय स्वाधीनताको रक्षा गरौंको नारा पनि लागेको थियो । बाइकमा सवाररत यात्रुहरुले भने स्वागत स्वरुप वाइकको हर्न बजाएका थिए जस्तो आवाज सुनिएको थियो ।माइकबाट भनिएको थियो बाइकवाल साथीहरु सिठी नफुक्नुहोस् ।सिठी भने यसरी बजेको थियो हेर्नुहोस् भिडियो सहित