वैद्यको जिकिर सरकार टोटल्ली असफल हेर्नुहोस् भिडियो सहित


१ फागुन २०७७ काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिब मोहन वैद्य’किरण’ले सरकार टोटल्ली असफल भएको बताएका छन् । दुई तिहाई बहुमतका सेखी बजार्ने सरकार असफल भइसकेको छ । हत्या,र बलत्कार दिनानुदिन बढ्दै गएको छ । आदिवासी जनजाति, मधेसी, मुस्लिम लगायतका अधिकार स्थापित हुन सकेका छैनन् । न्युनतम वैतानिक कर्मचारीकाअधिकार उस्तै छ । दक्षिण पन्थी संशोधनले धोका दिएको र जनयुद्धको शक्तिले प्राप्त उपलब्धि ध्वस्त पार्ने षड्यन्त्र भइरहेकोले सरकार टोटल्ली असफल भएको उनले बताएका हुन् ।

जनसमुदायका हकअधिकार एकातिर र सरकार अर्को तिर अघि बढिरहेको बताउँदै उनले राज्य व्यवस्था विरुद्ध लागेका संशोधन वादीहरुलाई पनि क्रान्तिको पक्षमा लाग्न आग्रह गरेका छन् । उनले भने अबको विकल्प नेकपा (क्रान्तिकारी माओवादी) रहेकाले प्रगतिशील शक्तिहरु एक हुनुको विकल्प छैन । विश्वको सगरमाथाबाट क्रान्तिको सन्देश दियौँ । २६ औँ जनयुद्ध दिवस मनाउने क्रममा वैद्यले भने क्रान्ति जनगणतन्त्रका लागि हो ।
आफ्नो पार्टीको यात्रा संघीय जनगणतन्त्र नआउन्जेल कायम रहन्छ । यस्तो छ उनको जनयुद्ध दिवस मनाउने क्रममा खिचिएको भिडियो हेर्नुहोस्

३ नम्बर प्रदेश कमिटिले गरेको सो कार्यक्रममा सभापति नेवा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठ थिए भने कार्यक्रम प्रदेश सेक्रेटरी (सुरेश श्रेष्ठ)ले चलाएका थिए । उल्लेख्य नेता तथा कार्यकर्ताहरु सहभागी सभामा देजमोका अध्यक्ष सिपी गजुरेल, पार्टीका स्थायी कमिटि सदस्य रामसिंह श्रीस, पार्टी सल्लाहकार सदस्य डा.ओम गुरुङ,३ नम्बर प्रदेश पार्टी कमिटि इन्चार्ज दिने शर्मा ‘सागर’महिला नेतृ लक्ष्मी मुडवरी लगायतले सम्बोधन गरेका थिए ।सभासुरु हुनअघिको र्याली दृश्य-

newskiran.com

newskiran.com

You May Also Like