३० माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) वैद्यको नेतृत्वमा अन्य कम्युनिस्ट पार्टीहरूले रणनीतिक संयुक्त मोर्चाको घोषणा सभा गरेका छन् । विहिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल कमलादीमा ती दलहरुले रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका हुन्।
घोषणासभालाई सम्बोधन गर्दै नेतृत्व दलका नेताहरूले शहीदहरूको रगतमा टेकेर बर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा दलाल पूजिपति राज ब्यबस्था फ्याकेर जनताको जनवादी तथा बैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्ने सामुहिक उद्घोष गरेका छन्। प्रमुख दल नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले प्रतिनिधि सभाको विघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताएका छन् । उनले रणनैतिक मोर्चाको भूमिका,कार्यगत एकताको महत्व र त्यसको उपादेयता बारे थप स्पष्ट पारेका छन् ।
बिहीबार प्रज्ञा हलमा मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका हुन् ।
मोर्चाले वर्तमान प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य, संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्य राखेको नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले न्युजकिरण डटकम अनलाइन खबरलाई
जानकारी दिए ।
मोर्चाका नेता कार्यकर्ताहरुको भव्य उपस्थिति रहेको सभाले पहिलो चरणको आन्दोलन पनि घोषणा गरेको छ ।जस अनुसार माघ २९ गते काठमाडौंमा मोर्चाको घोषणा सभा गरेको हो । फागुन ६ गते बुटवलमा, फागुन १४ गते धनगढीमा, फागुन १८ गते इटहरीमा जनसभा सभा गर्ने पनि माेर्चाले जनाएकाे छ। साथै ३ नम्बर प्रदेश कमिटिले फागुन १ गते हुने कार्यक्रम बारे यसरी अवगत गराएको छ ।