सिंह दरबार नजिकै फोहोरका गाडीहरु रोकिने र नदीमा फोहोर फाल्ने काम बढ्दो


३० माघ २०७७ काठमाडौं । सिंह दरबारमा नजिकै वागमती नदी किनारा आसपासका सडकमा फोहोरका गाडीहरु रोकिने र नदीमा फोहोर फाल्ने काम बढ्दो रहेको छ । फोहोर उठाउने गाडीहरु दिनभर सडक किनारा आसपासका क्षेत्रमा रोकिएपछि सर्वसाधारण जनताले समेत वागमती नदी किनारमा रहेको फोहोरको दृश्य हेर्दै हिँड्ने गरेका छन् । नदीको दुई किनारामा रहेका कालोपत्रे सडकबाट नदीमा हेर्दा नदी फोहोर र नदी छेउका किनारा भने सुन्दर देखिन्छ । नदीमा प्लाष्टिकका झोलाहरु फ्यालिएकाले नदी झन फोहोर बन्दै गएको ट्याक्सी चालक विरु बताउँछन् ।त्यसो स्थानीय सरकारको जवाफदेहिता नदी सरसफाई पनि हो । सिंह दरबारमा बाट एक किलोमिटर क्षेत्रफल आसपासका सडकमा नै यसरी दुर्गन्ध फैलनु र नदी सफा नहुनुमा सरोकारवाला निकायको ध्यान नपुगेकै हो त । यथाशीघ्र स्थानीय सरकारको जवाफदेहिता सरसफाई हुनु जरुरत छ ।

newskiran.com

newskiran.com

You May Also Like