वागमती नदी झन फोहोर बन्दै, सरसफाई अभियान असफल


२६ माघ २०७७ काठमाडौं । सरकारले वागमती सरसफाई अभियान कार्यक्रम चलाउन नसकेको जनगुनासो बढ्न थालेको छ । नदीमा प्लाष्टिकका झोला,बोतल लगायत फोहोर सर्वसाधारणले यत्रतत्र छरिएको देख्न थालेपछि नदी वरपरका बस्तीबाट जनगुनासो बढ्न थालेको हो । रुद्रमती पुल नजिकैबाट नदीमा साँझ पख लुकीछिपी फ्याँक्ने गरिएको फोहोरले नदी फोहोर भएको जय दाहालले बताए ।उनले भने प्लाष्टिकका झोलाहरु नदीमा फ्याँकिएकाले नदी फोहोर भएर पनि नदी आसपासका जनसमुदायले फोहोर भएको जनगुनासो गर्न थालेका छन् । तात्कालीन सरकारले काठमाडौं उपत्यका प्लाष्टिक मुक्त सहर बनाउने नीतितय गरेको थियो तर त्यो नीति भने हालसम्म कार्यान्वयन भएको छैन् । नदीमा प्लाष्टिकका झोलाहरुमा फोहोर पोको पारेर फाल्ने गरिएको दृश्य हेर्न वागमती करिडोर क्षेत्र गए पुग्छ । वागमती नदी सरसफाई हेर्ने सरकारी निकाय पनि छर !सेतो पुल नजिकै फ्याँकिएको फोहोरको दृश्य देखाउँदै मिनी टाटा चालकले भने ।त्यसो त सरकारी निकायले होस् वा अन्य संघ संस्था तथा समुदायको नियन्त्रणले? वागमती करिडोर क्षेत्रमा प्रशस्त सवारी साधन आवत जावतमा नदीको दुर्गन्धले सवार यात्रुहरुलाई असहज नहोस् भन्ने सर्वपक्षीय मत कसको नहोला र! सरोकारवाला निकायको ध्यान जान जरुरी देखिएको दृश्य चित्र न्युजकिरण डटकम अनलाइन खबरका संवाददाताले रिपोर्टिङ्का क्रममा खिचेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like