भित्री सडकहरुमा सवारी लाम बढ्दो, यात्रा कठिनाइ

२५ माघ २०७७ काठमाडौं । उपत्यका सहरमा बिहान बेलुकी सवारी साधन लाम लाग्न थालेको छ ।सडकमा जथाभावी पार्किङ र अव्यवस्थित सवारी साधन सडकमा गुड्नाले लाम लाग्न थालेको हो । सवारी लाम बढ्नाले यात्रा कठिनाइ हुन थालेको यात्रुहरुको गुनासो छ । रिङरोडमा यात्रुहरुलाई ओसारपसार गतिविधि गर्न सहज भएतापनि भित्री सडकहरुमा सवारी साधन अव्यवस्थित लाम देखिएको हो । अव्यवस्थित लाम लागेका सवारी साधनका कारण गन्तव्यसम्म पुग्न भित्री सडक भएर यात्रा गर्ने यात्रुहरुलाई ढिलासुस्ती हुने गरेको पाइएको छ । यस्ता लामहरु ग्वार्कोचोक बानेश्वरचोक, कोटेश्वर चोक, वागमती करिडोर क्षेत्र लगायत रहेका छन् । केही भित्री सडकहरुमा मर्मत सम्भार कार्य जारी रहेकाले सवारी साधन आवत जावतमा कठिनाइ भएको छ । कोटेश्वर चोकमा भने दिनमा वा रातमा प्रायः केही बेर मात्र बाटो लाम हुने गरेको एक कपडा पसलेले बताए ।

वागमती करिडोर क्षेत्रमा भने कहिले काहिँ असाध्यै लाम लाग्ने गरेको छ ।बढ्दो सवारी साधन तथा मालवहाक ट्रकको आवत जावतले केहि सडकहरुमा भने लाम हुने गरेको हो ।सडक मर्मत सम्भार कार्य चलिरहेको बेला भने भित्री सडकहरुमा सवारी चाप साँझ पख अत्यधिक बढ्ने गरेको देखिन्छ ।


newskiran.com

newskiran.com

You May Also Like