वैद्य माओवादी निकट होटल तथा रेष्टुराँ मजदुर संघले बुझायो होटेल संघ नेपाल (हान)लाई ११ बुँदे ज्ञापनपत्र

२० माघ २०७७ काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियान महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी होटल तथा रेष्टुराँ मजदुर संघले मजदुरहरुका समस्या समाधानको माग सहित आइतबार (होटेल संघ नेपाल)हानलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।कोरोना भाइरस संक्रमण फैलिए यता होटेल क्षेत्रमा कार्यरत मजदुरहरुका समस्या जर्जर भएकाले मजदुरहरुका समस्या समाधानको लागि ११ बुंदे लिखित ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र होटेल संघ नेपाल (हान)का अध्यक्ष श्रीमती सृजना राणाले बुझेकी छिन् ।
ज्ञापनपत्र बुझाउन संगठनका केन्द्रिय संयोजक अर्जुन लाल श्रेष्ठ, सचिवालय सदस्य बद्री चापागाईं, केन्द्रिय सदस्य एबं क्रान्तिकारी पर्यटन मजदुर संगठनका केन्द्रीय अध्यक्ष देवी गौंलि लगायत केही अन्य संगठनका सदस्यहरु सहभागी थिए ।

ज्ञापनपत्र बुझ्दै होटेल संघ नेपाल (हान)की अध्यक्ष सृजना राणाले मागलाई सकारात्मक रुपमा लिएको र मजदुरहरुका समस्या समाधानका लागि छिटै पहल थालिने प्रतिबद्धता जनाएकी छिन् । यस्तो छ ज्ञापनपत्र:-

newskiran.com

newskiran.com

You May Also Like