काठमाडौँमा विभिन्न गल्ली तथा बजार दुर्गन्धित

४ श्रावण २०७५-महानगरले फोहोर व्यवस्थापन गर्न नसक्दा काठमाडौँका विभिन्न गल्ली, चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्न थालेको छ । बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर, बानेश्वर, शान्तिनगर, बागबजारलगायत स्थानमा करीब दुई सातादेखि घरबाट दैनिक निस्कने फोहोर उठाउने गाडी नआउँदा चोकचोकमा फोहरका डुंगुर थुप्रिएको छ भने उक्त थुपारिएका फोहर दुर्गन्धबाट पैदलयात्री, बटुवालगायतलाई मात्र समस्या परिरहेको जनगुनासो आउन थालेको छ। सडक पसलेदेखि ठूला व्यवसायीलाई पनि खपिनसक्नुभएको छ । फोहरलाई तत्काल व्यवस्थापन गर्न नसके हैजा, टाइफाइड तथा श्वासप्रश्वाससम्बन्धी रोगको संक्रमण फैलिन सक्ने चिकित्सकले बताएका छन् । गर्मी बढ्दै गइरहेकाले फोहर व्यवस्थापन गरिहाल्नुपर्छ । दुई हप्तामै आएको सिसडोल र त्यस आसपास क्षेत्रमा वर्षाले सडक अवरुद्ध भएपछि समस्या उत्पन्न भएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडकमा संकलन भएका फोहरलाई छिटो व्यवस्थापनका लागि प्रयास भइरहेको जानकारी दिँदै सर्वसाधारण नागरिकले घरबाट निस्कने फोहोर अहिले सडकमा जथाभावी नमिल्काउन आग्रह गर्नुभयो । काठमाडौँमा मात्र दैनिक करीब ५०० मेट्रिक टन फोहर उत्पादन हुने गरेको महानगरपालिकाले जनाएको छ ।रासस

newskiran.com

newskiran.com

You May Also Like