नेवा स्वायत्त राज्यका लागि पाटनबासी उठ्नुपर्छ भन्दै कसरी जंगीय पवनमान हेर्नुहोस भिडियो सहित

१८ माघ २०७७ काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) माओवादीका पोलिटब्युरो सदस्य तथा नेवा मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठले नेवा स्वायत्त राज्य ल्याउन उपत्यका सबै नेवारी समुदाय जाग्नुपर्ने बताएका छन् । शनिबार पार्टीको ३ नम्बर प्रदेश कमिटिले पाटन दरबार परिसरमा गरेको कार्टुन प्रदर्शनी कार्यक्रममा बोल्दै श्रेष्ठले नेवा स्वायत्त राज्यको नारा वर्तमान व्यवस्थाले किनारा लगाएकाले उपत्यकाका सबै नेवारी समुदाय जाग्नुपर्ने बताएका हुन् । नेवारी समुदायको हक अधिकारलाई व्राहमणवादी सत्ताले खत्तम बनाएको भन्दै श्रेष्ठले नेवारी समुदाय जाग्दा संघीय जनगणतन्त्र आउने पनि जिकिर गरेका छन् । उपत्यका सहर नेवारहरूको हो ? नेवारी समुदायको कला संस्कृति माथि हमला भइरहेको छ?आदिभूमि नासिदै गएको छ ? नेवारी समुदायको नेवा स्वायत्त राज्यका लागि १० वर्षे जनयुद्ध पनि भएकै हो तर अझै नेवारहरूले पूरा अधिकार भने पाएका छैनन् ।

दिउँसो १ बजेबाट कार्टुन प्रदर्शन गर्दै सुरु गरिएको कार्यक्रममा श्रेष्ठले नेवारी भाषामा बोलेका थिए । साँझ ५ बजेसम्म कार्टुन प्रदर्शनी भएको र कार्यक्रम प्रभावकारी रहेको सो पार्टीका ललितपुर जिल्ला इन्चार्ज गोविन्द पौडेलले न्युजकिरण अनलाइन खबरलाई बताए ।





newskiran.com

newskiran.com

You May Also Like