संघीय गणतन्त्र ल्याउन सबै जुटौं-गजुरेल


१७ माघ २०७७ काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले संघीय गणतन्त्रका लागि एक जुट हुन आव्हान गरेका छन् । पार्टीको ३ नम्बर प्रदेशले गरेको एक कार्यक्रममा बोल्दै देजमोका अध्यक्ष समेत रहेका गजुरेलले भने संघीय गणतन्त्र ल्याउन ठिक समय आएकाले सबै जनता एकजुट भएर आन्दोलन होमिन आव्हान गरेका हुन् । शनिबार मंगल बजारमा भएको सो कार्यक्रममा विभिन्न किसिमका व्यङ्ग्य कार्टुन प्रदर्शन सहितको सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज गोविन्द पौडेल र ललितपुर जिल्ला सेक्रेटरी दिपकको समुस्पस्थिति रहेको थियो भने पार्टीका नेताहरु दिनेश शर्मा सागर,पवनमान श्रेष्ठ लगायत जिल्ला स्तरका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न जनवर्गीय संगठनका प्रतिनिधि समेतको सहभागीता रहेको हाम्रा न्युजकिरण संवाददाताले बताएका छन् ।

newskiran.com

newskiran.com

You May Also Like