शैक्षिक गतिविधि सहज बन्दै ,तलब नपाएको शिक्षकको गुनासो


१५ माघ २०७७ काठमाडौं ।कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको गत ०७६ चैत ११ पछिको लकडाउन र बेलाबेलामा गरिएको निषेधाज्ञाले ०७७ श्रावण महिनासम्मको अस्तव्यस्त परिस्थिति पार गरेर शैक्षिक गतिविधि मङ्सिर/पुसबाट बिस्तारै सहज हुँदै गएको छ । ०७७ श्रावणदेखि अनलाइन शिक्षालाई सरकारले वैकल्पिक सिकाइ माध्यमको आधिकारिकता दिएपछि फाट्टफुट्ट उपत्यका,सहर र भीडभाडमुखी सदरमुकाम आसपासका सरकारी र बोर्डिङ विद्यालयको पढाइ संचालन सहज हुँदै गएको हो ।

महालक्ष्मी नगरपालिकाका अधिकांश सरकारी तथा गैरसरकारी (बोर्डिङ) विद्यालयहरुमा मङ्सिर १५ र २० गतेबाट कक्षा सञ्चालन भएको भएपनि सवारी साधनमा विद्यार्थी ओसारपसार गरेर माघ ४ पछि मात्र शैक्षिक गतिविधि सञ्चालन भएको थियो । यस अवधिमा अधिकांश ठुला विद्यालयले चर्को शुल्क विद्यार्थीबाट असुली गरेका छन्। शिक्षकले भने तलब नपाएर गुनासो गर्न थालेका छन् । कतिपय विद्यालयले भने अझै कोरोना महामारीको त्रासबाट बच्न राम्रो सँग विद्यालय सञ्चालन गर्न सकिरहेका छैनन् । विद्यालय राम्रो सँग नचलेपछि अधिकांश बोर्डिङ्गमा कार्यरत शिक्षक शिक्षिकाको १० महिना देखिको तलब निकासा गरिएको छैन् । केही सरकारी विद्यालयमा कार्यरत शिक्षक बाहेकका कर्मचारीको पेस्की खुवाएर तलब रोकिएको छ । शुल्क निर्धारण र शैक्षिक सत्र गतिविधि सञ्चालनबारे सरकारले शीघ्र ठोस नीति ल्याउन नसके यो वर्ष एकातिर विद्यालयमा कार्यरत पेसागत शिक्षक शिक्षिकाले १ देखि ३ लाखसम्म ऋणको भार खप्नु पर्ने देखिन्छ भने अर्कातिर घर तथा जग्गा भाडामा लिएर सञ्चालन गरिएको विद्यालय संचालकहरुले ८ देखि १२ लाखसम्म ऋण ब्यहोर्नु पर्ने छ । विद्यालय सञ्चालन भएपछि विद्यालयमा विद्यार्थीहरू लेखपढ गर्न भने उत्सुक रहेका छन् ।

newskiran.com

newskiran.com

You May Also Like