लोकसेवा पास गर्दै केशब प्रसाद र पूर्णिमा बने उपसचिव

लोकसेवा आयोगले लिएको उपसचिवको परीक्षामा एकैघरका दाजु बहिनी दुवैजनाले नाम निकाल्न सफल भएका छन् ।

लोकसेवा आयोगले मंगलबार प्रकाशित गरेको प्रशासन सेवा सामान्य प्रशासन समूहको उपसचिव वा सो सरहको पदमा अन्र्तर्वाताबाट वीरेन्द्रनगर–८ सुर्खेत घर भएका दाजु केशवप्रसाद उपाध्याय र बहिनी पूर्णिमा उपाध्यायले नाम निकाल्न सफल भएका हुन् ।

योग्यताक्रमको सूचीअनुसार उनीहरुमध्ये पूर्णिमाले पहिलो नम्बरमा र केशवले दोस्रो नम्बरमा रहेका छन् । लोकसेवा आयोगले उपसचिव सरहको पदका लागि ४१ जनाको माग गरेकोमा ५३ जनाले मात्र अन्तर्वार्तामा सहभागी थिए ।

newskiran.com

newskiran.com

You May Also Like