बामपन्थी नेता काजीबाको मंगलबार मृत्यु


१३ माघ २०७७ काठमाडौं । पुराना वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’ को ९४ वर्षको उमेरमा निधन भएको छ ।
मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्या बेहोरिरहेका काजीबाको भरतपुर अस्पतालमा उपचाररत अवस्थामा मंगलबार बिहान मृत्यु भएको हो ।
काजीबा वि. सं. १९८४ बैशाख १० गते लमजुङ जिल्ला बाङ्ग्रे–७ मा जन्मिएर चितवन गीतानगर, केशरवागमा बसोबास गर्दै आएका थिए । उनी बुबा ललितजंङग कुँवर र आमा पुतली कुँवरका कान्छा सुपुत्र थिए ।काजीबाका हाल २ छोरा र ४ छोरी रहेका छन् ।
भारतीय सेनाको सेवा सुविधालाई छोडेर देश र जनताका निम्ति क्रान्तिमा होमिएका काजीबाले नेपाल कम्युनिष्ट पार्टीको सदस्यता २०११ सालमा लिएका थिए । त्यसपछि उनी पार्टीका विभिन्न कमिटीहरुमा क्रियाशील रहँदै २०३१ सालमा सम्पन्न चौथो महाधिवेशनबाट वैकल्पिक पोलिट्व्यूरो सदस्यमा निर्वाचित भएपछि पार्टीमा क्रियाशील थिए । वि.स. २०४३ सालमा उनी गण्डक ब्यूरोबाट सरुवा भई नारायणी ब्यूरोमा आएका थिए । ।श्रीमती धीराको २०७४ साल असार १० गते निधन भएपछि भने उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो ।

newskiran.com

newskiran.com

You May Also Like