सदरमुकाममा अवैध रुपमा बनेका घरटहराहरु भत्काउन सुरु


११ माघ २०७७ काठमाडौं । रामेछापको सदरमुकाम स्थित मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले देवकोटा चोकदेखि बि पि चोसम्मको अवैध रुपमा निर्माण गरिएका घर टहरा भत्काइने कार्य सुरु गरिएको बताएका छन् । उनले बजार क्षेत्र(भञ्ज्याङ)मा सार्वजनिक क्षेत्रमा अवैध रुपमा बनेको घर टहरा भत्काइने कार्य सुरु गरिएको बताएका हुन् ।उनले केही घर टहराहरु भत्काइ सकिएको र अझै पाँच वटा जति भत्काउन बाँकि रहेकाले त्यसलाई पनि तत्कालै भत्काइने जानकारी दिए ।

पटक पटक सूचना जारी गर्दा पनि अटेर भइ सम्बन्धित निकायबाट घर टहराहरु हटाउन नमानेपछि नगरपालिकाले डोजर लगाएर भत्काउन थालेको नगर प्रमुख बस्नेत भनाइ उद्धृत गर्दै हाम्रा न्युजकिरण संवाददाताले बताएका छन् । घरटहराहरु भत्काएर लैजान नगरपालिकाले पहिले नै आग्रह गरिसकिएको र आग्रह गर्दा पनि वेवास्ता गरिएकाले वाध्य भएर नगरपालिकाले भत्काउने कार्य अघि बढाएको बस्नेतले भनाई छ ।

newskiran.com

newskiran.com

You May Also Like