सरकारको बिरोधमा साना दलले गरे प्रदर्शन

४ श्रावण २०७५-वाम सरकार विरुद्ध अहिले चौतर्फी हमला हुन थालेको छ । सरकार विरुद्ध मोर्चा बनाउने तयारीमा सरकार बाहिर रहेका दल र अन्य सानादलहरु लागेका छन् । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान उल्लंघन र जनहितविपरीत कार्य गरिरहेको भन्दै सदन र सडक आन्दोलन गरिरहेको कांग्रेस सभापति देउवाले राजपाका नेता राजेन्द्र महतो र नयाँ शक्तिका नेता डा.बाबुराम भट्टराईसँग सरकार विरुद्ध उभिनेबारे बिहीबार भेटघाट तथा छलफल गरे। यता नेपाल चिकित्सक संघले डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले यथाशिघ्र ठोस कदम अगाडि नबढाए आन्दोलन चर्काउने बताएका छन्। ओली सरकारमाथी निराशा हो की राजनीति हो ? हिजो जुम्ला र राजधानीमा भएको प्रर्दशनमा ओली सरकार ढालेरै छाड्छौं रे भन्दै सरकार बाहिरका दलले प्रदर्शन गरे ।

newskiran.com

newskiran.com

You May Also Like