प्रधानमन्त्री तथा नेकपा ओली समूहको उमाकुन्ड भेला सुरु


८ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समुहको उमाकुन्ड गाउँपालिका भेला सुरु भएको छ । उमाकुन्ड गाउँ पालिकाको च्यादलुमा सुरु भेलालाई नेकपा ओली समुहका केन्द्रीय सदस्य एवं लिखु तामाकोसी गाउँ कमिटीका इन्चार्ज माधव ढुंगेल, नेकपा ओली समुह रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले सम्बोधन गर्ने भएका छन् ।तयसैगरी खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खडका, उमाकुण्ड गाउँ कमिटीका अध्यक्ष चित्र बहादुर कार्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी श्रोतबाट जानकारी आएको छ। भेलाले रिक्त रहेको सचिव पदमा नयाँलाई जिम्मेवारी ल्याउने जनाएको छ । यो खबर रामेछाप पोष्टमा प्रकाशित छ ।

newskiran.com

newskiran.com

You May Also Like