७ माघ २०७७ काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य हाम्रो कालापानी खबर अनलाईनका प्रबन्धक निर्देशक एवं सम्पादक धनञ्जय अवस्थीले आफ्ना स्वर्गीय बुबाको पुन्य तिथिमा वृद्धाश्रममा खिर बाँडेका छन् । आफ्नोे बाबुको ६ महिने तिथि पुगेको बुद्धबृद्धालाई खिर खुवाएका हुन्। बुधवार महिला तथा बृृद्ध सेवा केन्द्र वृद्धाश्रममा आश्रय गरिरहेका बृद्ध बृद्धालाई सम्पादक अवस्थी दम्पतीले खिर खुवाएका थिए ।
अवस्थीले स्वर्गीय बुवा बासुदेव अवस्थीको सम्झनामा अशक्त, असहाय, बृद्धालाई सहयोग गर्दै आएको बताए । महिला तथा बृृद्ध सेवा केन्द्र भीमदत्तनगरपालिका –५ वनखेत वृद्धाश्रममा हाल ६२ जना बृद्धबृद्धा आश्रित रहेका छन्। अवस्थी वैद्य माओवादीको पत्रकार घटकका पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका सदस्य भई पत्रकारिता गरिरहेका छन् ।