नयाँ प्रजातिको कोरोना भाइरस नेपाल भित्रिएको आशंका


५ माघ २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै ३ जनामा कोरोनाको नयाँ प्रजातिको भाइरस भेटेको जनाएको छ । केही समयअघि विदेशबाट फर्किएका मध्ये २८ वर्षीय महिला ३२ वर्षीय पुरुषको हाल आरटीपीसीआर रिपोर्ट नेगेटिभ रहेपछि अर्का ६७ वर्षीय पुरुष भने अझै पनि पोजेटिभै रहेको जनाएको हो ।
नयाँ प्रजातिको कोरोना भाइरस आशंका भएपछि उनीहरुको नमुना परीक्षण केही समयअघि हङकङ पठाइएको थियो । संक्रमित उनीहरु सबै बेलायतबाट नेपाल आएका व्यक्ति भएको मन्त्रालयले एक विज्ञप्ति जारी गरी जनाएको हो ।

newskiran.com

newskiran.com

You May Also Like