माघ ४ बाट सबै विद्यालय खुल्यो,के भन्छन् त महालक्ष्मी नगरपालिका प्याब्सनका अध्यक्ष हेर्नुहोस् भिडियो सहित


४ माघ २०७७ काठमाडौं । लामो समयसम्म बन्द रहेका महालक्ष्मी नगरपालिकाका अधिकांश विद्यालय माघ ४ गतेबाट खोलिएका छन् । महालक्ष्मी नगर प्याब्सनका अध्यक्ष कैलाश कुमार मल्लले भने स्थानीय सरकारको विशेष अनुगमन र नियमनमा प्रायः सबै विद्यालय ४ गतेबाट सवारी साधन सहित खोलिएका हुन्। यस अघि विद्यालय खोलिए पनि विद्यालयको सवारी साधनमा विद्यार्थी ओसारपसार भएको थिएन । हालै बसेको महानगर शिक्षा समिति र प्याब्सन लगायत विभिन्न संघ संस्थाको सुझाव अनुसार महालक्ष्मी नगरपालिकाका विद्यालय खोलिएको मल्लले न्युजकिरण डटकमसँगको विशेष अन्तर्वार्तामा बताएका हुन् ।हाल मन्टेश्वरी बाहेक करीब ६२-६३ विद्यालयहरु महालक्ष्मी नगरपालिकामा संचालित छन । शिक्षक शिक्षिकाहरुलाई तलब दिएर खुशी बनाएकाले नै आफ्नोे नगरमा राम्रो विद्यार्थी उत्पादन भएको भनाई राख्दै मल्लले शिक्षाको विकासको लागि र गतिविधिका खातिर राजनीतिक दलको झन्डा मात्र होइन परि आए अरु बोक्न पनि तयार रहेको अन्तर्वार्ताका क्रममा बताएका हुन् ।१,२ जना बाहेक शिक्षक शिक्षिकाहरुलाई जागिर बाट निकालिएको होला मकहाँ सूचना आएको छैनन् यदि आएमा हरेक समस्या समाधान गर्न नगर प्याब्सन सहकार्य गर्न तयार रहेको उनले बताए ।गर्दा सकिन्छ नसकिने केही छैन् तर प्याब्सन, शिक्षक महासंघ, अभिभावक, विद्यार्थी एक ठाउँमा मिलेर अघि बढ्नुपर्छ । शैक्षिक उन्नतिका लागि सबैसँग सहकार्य गर्न नगर प्याब्सन सदा तयार छ ।

प्याब्सनमा बसेर खुब राजनीति गर्नु हुन्छ रे नी भन्ने प्रश्नको उत्तरमा उनले घुमाउरो पारामा उत्तर प्रस्तुत गरेका छन् । मल्लले राजनीति भन्नाले कस्तो राजनीति? के राजनीति? भन्न खोज्नुभएको हो भन्ने उत्तर प्रस्तुत गरेका हुन्। प्याब्सन हरेक शैक्षिक समस्याको हल गर्न र शैक्षिक उन्नतिका लागि सबैसँग सहकार्य गर्न तयार रहेको बताउँदै महालक्ष्मी नगरपालिकाका नगर प्याब्सन अध्यक्ष मल्लले एक विद्यालयबाट अर्को विद्यालयमा विद्यार्थीहरूलाई तान्ने गरिए नगर प्याब्सन नगरपालिकाको निर्णय अनुसार हन्टिङमा रहने छ । नेपाल सरकारको शैक्षिक कार्यढाचा नै अहिले शिक्षा ऐन सरह रहेकाले अभिभावक, विद्यालय र स्थानीय सरकारको रोहवरमा विद्यालय संचालन भइरहेको उनको दाबी छ । आफ्नो नगरपालिका अन्तर्गतका विद्यालयमा झन्डै ८५ प्रतिसत पढाइ कोर्ष सकिइसकेको पनि उनले अन्तर्वातामा बताएका हुन्।

newskiran.com

newskiran.com

You May Also Like