पहिलो पटक नेपालमा विद्यालय सार्वजनिक रुपमा खुला ,यातायातमा विद्यार्थी बोकेर विद्यालय संचालन सुरु

४ माघ २०७७ काठमाडौं । विश्वव्यापी रूपमा कोरोना भाइरस फैलिएको त्रासमा गत ०७६ चैत ११ बाट गरिएको लकडाउनले मध्यम वर्गीय परिवारमा जन्मेका नेपालीहरुलाई मर्न न बाँच्न तुल्याउने राजधानी काठमाडौंमा करीब १० महिना पुग्नै लाग्दा जनजीवन केही सहज हुन थालेका छन् । पहिलो पटक सार्वजनिक यातायातमा विद्यार्थी विद्यालय प्राङ्गणमा पुग्न पाउने दिन माघ ४ गते बनेको छ । औषधि प्रयोग लगायतका अत्यावश्यक सेवा प्रदान गर्दै आएको नेपाल सरकार निर्देशनात्मक सेवा दिन प्रतिदिन खुल्ने क्रममा विद्यालय प्राङ्गणमा पनि पहिलो पटक सार्वजनिक रुपमा खुलेको हो ।
विद्यालय प्राङ्गणमा आफ्ना नानीबाबुहरूलाई पठाएर आफ्नो अफिस,पेशा, व्यवसायमा संलग्न अभिभावक पनि रमाएका छन् ।

मसिना होटल पसलहरु पनि ह्वारह्वारती संचालनमा आएका छन् । ग्राहकहरु जाडोमा हल्का शरीर तताउन भट्टीजलपान मञ्चमा सरिक हुन थालेका छन् । जागिर नभएपछि कोठा भाडा नतिर्नेहरु धमाधम कामधन्दा चलेपछि गत सरकारको १ महिने घरभाडा छुट पनि बिर्सदै तिर्न थालेका छन् । कोठा भाडा उठन थालेपछि राजधानीमा घर हुनेहरु पनि विद्यालयको शुल्क तिरेर नानीबाबुहरुलाई विद्यालय पठाउन सुरु गरेका छन् । विद्यालय प्राङ्गणमा आफ्ना नानीबाबुहरूलाई देख्न थालेपछि कतिपय विद्यालय संचालकहरुले ऋण गरेर अनि उठेको शुल्कबाट शिक्षक शिक्षिकाहरुलाई २-४ हजार भनेनी पेश्की खुवाएर विद्यालय आउन आग्रह गरेका छन् । विद्यालयको पेश्की रकम पाएर अब शिक्षक शिक्षिकाहरुलाई केही राहत हुने निश्चितता बढेको र कोठाको भाडा तिरेर टिक्न सकिने अनुमान रहेको नाम परिवर्तन (डि पी)ले बताए । भाडामा बस्ने शिक्षकले घरभाडा तिरेर बस्नलाई विद्यालय संचालन भएपछि नसक्ने होइन ।बरु अब नियमित विद्यालय संचालन चाहिँ हुनुपर्छ र तलब पूरा आउनचाहिँ पर्यो । कतिपय ऋणमा डुबेका विद्यालयहरु नचल्लान तर अब विद्यालय चलेपछि राजधानीमा बसोबास रहेकाहरुको जनजीवन सामान्य बन्ने आकलन उनको थियो । जनजीवन सामान्य बनेपछि बिहान बेलुका जमघट हुने होटल पसलहरुमा राम्रो कमाइ हुने सम्भावना बढेको छ ।

newskiran.com

newskiran.com

You May Also Like