झिलीमिली सहर सन्ध्याकालीन दृश्य

१ माघ २०७७ काठमाडौं । नेपाल सरकारले गत चैत ८ बाट गरेको लकडाउनले थन्किएका सवारी साधनलाई भदौ महिना यता नियमित सञ्चालन गरेपछि राजधानी चकपथ सडक हुदै गन्तव्यमा पुग्ने यात्रुहरुले सहज महसुस गरेका छन् । ‘झिलीमिली सहर अनि सन्ध्याकालीन दृश्य’ प्रशस्त सवारी साधन सडकमा हुईंकिएसँगै यात्रुहरुले आआफ्नो गन्तव्यमा पुग्न सहज महसुस गरेका हुन् । सडकमा प्रशस्त सवारी साधनको आवतजावत भएसँगै वीच बाटोमा झर्न र ओर्लन भने सीमित केही यात्रुहरुलाई असहज भएको पाइन्छ ।

तीब्र गतिमा हुईंकिएका सवारी साधनले वीच बाटोबाटै चढ्ने र ओर्लने यात्रुहरुलाई असहज भएको पाइएको हो । हाम्रा न्युजकिरण संवाद दाताले विहिबार साँझ क्यामेरामा कैद गरेको भिडियो दृश्य अनुसार सडकमा जथाभावी यात्रुहरुलाई चढाउने र ओराल्ने काम सवारी चालकले गरेको देखिएको छ । यात्रुहरुले पनि जथाभावी जेब्रा क्रस नभएका ठाउँबाटै पनि बाटो काटेका छन् । सवारी साधनलाई पनि केही चालकले वीच बाटोमा रोकेर राखेको देखियो भने तीब्र गतिमा हुईंकिएका सवारी साधन सडकमा प्रशस्त मात्रामा देखिएका थिए । सडक किनारामा रहेका केही बत्तीहरु धमिला देखिन्थे जसले सडक दुर्घटनाको सम्भावना रहेको इङ्गित गर्दथ्यो ।

newskiran.com

newskiran.com

You May Also Like