विप्लव माओवादीका नेता धर्मेन्द्र बास्तोला पक्राउ


२९ पुस २०७७ काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेकपाका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ परेका छन् ।
बाँस्तोला विप्लव नेकपाको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत रहेका छन्। नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र विश्वाशलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार विप्लव नेतृत्वको गतिविधि बढेको आशंकामा सर्च हुँदा बास्तोला पक्राउ परेका हुन् ।

newskiran.com

newskiran.com

You May Also Like