मोबाइलमा रमाउन थाले विद्यार्थीहरु, लुकीछिपी चलाउँछन् विद्यालय प्राङगणमा नै

२९ पुस २०७७ काठमाडौं । सरकारले जुम अनलाइन माध्यमबाट पढाइ हुने अनलाइन शिक्षालाई वैधानिकता दिएसँगै विद्यार्थीहरु पढ्नुभन्दा लुकीछिपी खेलकुद र मनोरञ्जन दृश्य हेर्न तर्फ आकृष्ट बनेका छन् । मङ्सिर २० बाट नेपालको राजधानी काठमाडौंमा रहेका केही विद्यालयमा भौतिक कक्षा संचालन भए पनि विद्यार्थीहरु एकछिन फुर्सद मिल्यो कि पढ्नभन्दा मोबाइल खेलाउनमा आकृष्ट बनेका हुन् । न प्यान न भ्याटमा दर्ता भएका अधिकांश बोर्डिङ विद्यालयले न सरकारलाई असली कर तिर्छ न सरकारी निकायबाट नै दरो नियमन भएको हुन्छ । ललितपुर प्याब्सनका सचिव निरोज महर्जनका अनुसार कतिपय बोर्डिङ स्कुल (विद्यालय) अर्काको नाममा दर्ता भएर संचालित छन् । त्यसैले पनि गाह्रो सार्हो अवस्थामा बैंक बाट ऋण लिन पनि मिलिरहेको छैन् । सरकारले नगरपालिका वा स्थानीय वडा सरकारको जवाफदेहिता अनुसार विद्यालय संचालन गर्न आदेश दिएपनि केही बाहेकका अधिकांश विद्यालयका स्थापक/ प्रधानाध्यापकले विद्यार्थीबाट शुल्क अशुल्ने तर शिक्षक शिक्षिका हरुलाई भने तलब नखुवाएको गुनासो बढ्न बढ्न थालेको छ । नाम नभन्ने सर्तमा एक बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापकले न्युजकिरण अनलाइन खबरलाई जानकारी दिए अनुसार गाडी,घर जग्गा, सहकारी, मेडिकल,रक्सी भट्टी आदिमा लगानी गरेर फाइदा कमाएका छन् । स्कुल त देखाउने दाँत मात्र हो ।फिस असुली गर्ने तर शिक्षक शिक्षिकाहरुलाई तलब नखुवाउने, राज्यलाई कर नतिर्ने खालका धेरै स्कुल रहेका छन् । सरोकारवाला निकायको ध्यान जान जरुरी छ । विद्यार्थी विद्यालय प्राङ्गणमा थुनेर अधिकांश विद्यालयले ठगी धन्दा गरेको पाइएको छ ।

newskiran.com

newskiran.com

You May Also Like