कोरोना कहरको बेवास्ता गर्दै ग्वार्को तरकारी बजारमा भीड हेर्नुहोस् भिडियो सहित


२८ पुस २०७७ काठमाडौं । ललितपुरको ग्वार्को फलफूल तथा तरकारी बजारमा यति खेर भीड लाग्ने गरेको छ । लकडाउन अघि एक सुन पसले उमेसको समूहले तरकारी बजार खोल्ने योजना बनाएसँगै २ महिनादेखि फलफूल तथा तरकारी बजारमा किनबेचको भीड लाग्ने गरेको हो । मेडिकल,खाद्य र तरकारी क्षेत्रका लगानीकर्ताले लकडाउनको भरपुर फाइदा लिएको एक तरकारी व्यापारमा संलग्न महिलाले बताइन् ।

करीब ८० वटा स्टलहरु रहेका ग्वार्को फलफूल तथा तरकारी बजारमा सुरुवाती चरणमा एकलाख पचास हजार डिपोजिट र मासिक २० हजार का दरले प्रतिस्टल भाडा उमेस साहुले लिने गरेको रामेछाप घर भइ स्टलमा आलु गोदाम गर्ने सन्तोष खनालले न्युजकिरण अनलाइन खबरलाई बताए । उनले थपे अहिले तरकारीको भाउ सस्तोमा झरेको हुनाले भाडा तिर्न चाहिँ पुगेको छ । स्टलमा डिपोजिट गरिएको रकम पसल छोड्ने बेला फिर्ता पाइन्छ ।

एकातिर काठमाडौंको कालीमाटी तरकारी बजारमा मात्र सबैको ध्यान जाने गरेको र अर्कातिर ललितपुरको लगनखेल तरकारी बजारमा मात्र सबैको ध्यान पुग्ने गरेको बेला ग्वार्को फलफूल तथा तरकारी बजारले पनि दुई महिनामै स्थानीय जातका तरकारी कलेक्सनको केन्द्रविन्दु महालक्ष्मी बजार बन्न सक्ला त?के स्थानीय सरकारको मातहतमा यी बजार चल्न सक्लान त? के छ त यस्ता बजार संचालनका मापदण्डहरु? यस्ता प्रश्नहरु उब्जिने सम्भावना छँदै गर्दा पनि बजारमा किनमेलका लागि देखिएको क्रेता बिक्रेता बिचको भिडियो दृश्यले भने बजार व्यवस्थापन सहज र सुलभ हुने अनुमान गरिएको बजार व्यवस्थापन स्रोतको दाबी छ ।

newskiran.com

newskiran.com

You May Also Like