महालक्ष्मी नगरपालिकामा कौशी खेती कार्यक्रम सञ्चालन


२५ पुस २०७७ काठमाडौं । महालक्ष्मी नगरपालिकाले कृषकहरुका लागि लागि कौशी खेती कार्यक्रम सञ्चालन गर्ने भएको छ । २०७७/०९ /२४ गते महालक्ष्मी नगरपालिका ललितपुरकाे आ.व.२०७७/०७८ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा नं.१-५ सम्मका कृषकहरुकाे लागि कौशी खेती कार्यक्रम संचालन गर्ने भएको हो । कौशी खेती र कम्पाेष्ट वीन तथा कम्पाेष्ट मलकाे तयारी बारे जानकारी दिँदै नगर क्षेत्र भित्रका २९ जना कृषकहरुलाई कम्पाेष्ट वीन सेट ५०% मुल्य अनुदानमा वितरण तथा २४ जना कृषकहरुका लागि ५०% मूल्य अनुदानमा कौशी खेती सेट वडा नं. १ काे सभाहलमा एक कार्यक्रमका बिच वडा न. १ का वडा अध्यक्ष श्री नन्द कुमार न्यौपानेकाे प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । वितरित कौशी खेती सेटमा हजारी ,कौशी स्ट्यान्ड्, काेकाेपिट, भर्मिक कम्पाेट, कौशी खेतीका लागि ट्रे, ग्राेब्याग, हजारी र कम्पाेष्टलवीन सहितकाे सेट रहेको नगर स्रोतबाट जानकारीमा आएको छ ।

newskiran.com

newskiran.com

You May Also Like