मजदुरहरु पेसागत रुपमा एक ढिक्का हुनुपर्छ : पौडेल


१६ पुस २०७७ काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज गोविन्द पौडेल ( क्षितिज)ले मजदुरहरु पेसागत रुपमा एक ढिक्का भएर ट्रेड युनियन आन्दोलनमा अघि बढ्न आग्रह गरेका छन् । आफ्नो पार्टीको भातृ संगठन अन्तर्गतको क्रान्तिकारी ट्रेड युनियन महासंघ ललितपुरको एक कार्यक्रममा बोल्दै क्षितिजले मजदुरहरु अधिकारका लागि पेसागत रुपमा एक भएर अघि बढ्न आग्रह गरेका हुन् । क्षितिजले राजनीतिक पार्टी पिच्छे ट्रेड युनियन महासंघ बनेकाले ती संगठनको राजनीतिक भूमिका निर्वाह रहने गर्दछ ।तिनीहरु वर्तमान वर्गीय परिवेशमा क्रान्तिकारी ट्रेड युनियन महासंघझैं मजदुरहरुको पक्षमा नरहेको बताएका छन् ।

विहिबार ग्वार्को ललितपुरमा भएको मजदुर महासंघ भेलामा विशेष अतिथिहरु जिल्ला पार्टी सेक्रेटरी दिपक, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सचिवालय सदस्य विष्णु आले र क्रान्तिकारी ट्रेड युनियन महासंघ ३ नं प्रदेश संयोजक अर्जुनलाल श्रेष्ठको उपस्थिति रहेको थियो । जिल्ला महासंघबाट निशा राई कार्यक्रमको सभापति बनेकी थिइन् भने यातायात मजदुरबाट सुजन मगरले कार्यक्रम सञ्चालन गरेका थिए । करीब ३ घन्टा चलेको जिल्ला महासंघ भेलामा महासंघ स्वरूप, संगठन बिस्तार र पार्टीको प्रचार प्रसार तथा अभियानमा सांगठनिक भूमिका निर्वाह बारे छलफल भएको जिल्ला सेक्रेटरी दिपकले न्युजकिरण डटकम अनलाइन खबरलाई जानकारी दिए ।
कार्यक्रम सञ्चालन हुँदै गरेको भिडियो हेर्नुहोस्:-

newskiran.com

newskiran.com

You May Also Like