मोर्चाबन्दीमा वैद्य माओवादी, प्रचन्ड नेपालको विरोध प्रदर्शन

१४ पुस २०७७ काठमाडौं । क्रान्तिकारी एकतामा जोड दिंदै आएका ४ कम्युनिष्ट पार्टीले रणनैतिक मोर्चा निर्माणको तयारी थालेका छन् । संसदीय फाँटको नेकपामा आएको बिभाजनले देश प्रतिगमनमा गएको उनीहरुले निष्कर्ष निकाल्दै मोर्चाबन्दीको पहल लिएका हुन । मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीहरु मिली रणनैतिक मोर्चा निर्माणको तयारीमा रहेको अनुमान छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीले रणनैतिक संयुक्त मोर्चा बनाउने पार्टी एकता गर्ने अन्तराष्ट्रिय प्रचलन अनुसार उनीहरूले यो अभियान थालेको बुझिएको छ ।
वर्तमान संसदीय व्यवस्था, सत्ता र संविधानको विकल्पमा संघीय जनगतन्त्र तथा वैज्ञानिक समाजवादी राजनीतिक व्यवस्था स्थापनाका निम्ति रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति गरेका बिज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् । रणनैतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति गरेको चारवटै पार्टीका शीर्ष नेतृत्वको हस्ताक्षरमा मंगलबार सार्वजनिक प्रेस वक्तव्यमा उल्लेख गरिएको छ । यस्तो छ हस्ताक्षर भएको विज्ञप्ति:-

यता एकृकित कम्युनिष्ट पार्टी माओवादी प्रचन्ड समूह वाम गठबन्धन चुनावी तालमेलमा एमालेसँग घुलित भएर नेकपा डबल बन्न पुगेपछि अब माओवादी पार्टी भनेकै वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी ) मात्र रहेको एक राजनीतिक विश्लेषकको भनाई छ । तर, प्रतिरोधात्मक कारबाही अघि बढाउँदै अर्ध भूमिगत बनेको विप्लवले नेपाल कम्युनिष्ट पार्टीको नाममा भने क्रान्तिमा पथ यात्रा गरिरहेको देखिन्छ । प्रचण्ड नेपाल समूहले पुस १४ गते मंगलबार उपत्यका लगायत केही जिल्लामा सरकारको प्रतिनिधि सभा विघटन प्रतिगामी भएको भन्दै विरोध प्रदर्शन गरेको थियो ।

newskiran.com

newskiran.com

You May Also Like