१४ पुस २०७७ काठमाडौं । कालोपत्रे सडक निर्माणको प्रक्रिया चलाइरहेको महालक्ष्मी नगरपालिकाले लगभग लुभु सानो चौतारा सम्म चाँडै नै कालोपत्र गर्ने संकेत गरेको छ ।तर, हात्तीवन गोदावरी खन्ड अन्तर्गत ठैब बाँडेगाउँमा पर्ने सडक कालोपत्र गर्ने बहानामा सवारी यात्रा असहज हुन थालेको छ । सडक निर्माणको थालनी अनुसार २०७७ मङ्सिर महिना भित्र कालो पत्रे भइसक्नुपर्ने सडक अझै चैत्र मसान्तसम्म सम्म लाग्ने अनुमान गरिएको छ । स्थानीय राम श्रेष्ठले बताए ढल निर्माण कार्य भर्खरै भइरहेको छ ।जसले गर्दा यातायातका साधनहरु ठैबबाट दमाइटार हुँदै हाँडेगाउँ तर्फ जानुपर्ने देखिन्छ ।
बाँडेगाउँ सडकमा हाल ढल निर्माण कार्य भइरहेको पनि श्रेष्ठले जानकारी दिए । हात्तीवन गोदावरी खन्डको बाटो २० मिटर चौडा गरेर कालोपत्रे गर्ने भनियता पनि भदौ महिनाबाट अवरुद्ध सडकमा यात्रा गर्न कठिनाइ भइरहेको हरिसिद्धिका मंगलमान बताउँछन् ।सडकमा समेत राजनीति चलेर हो या ठेकेदार कम्पनीले ढिला सुस्ती गरेको हो चैतयता सडक कालोपत्र नहुने देखिन्छ । सरोकार पक्षको शीघ्र ध्यान पुग्न जरुरी छ किनकि गोदावरी आवतजावत बन्द हुँदा स्थानीय सरकारको ध्यान कता छ भन्ने प्रश्न उठ्न सक्छ ।
यस्तो छ बाटोको अवस्था हेर्नुहोस् भिडियो सहित