सहिद मित्रमणि आचार्यका हत्याका आरोपित डा भार्गव धिताललाई कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिन बनाइ पुरस्कृत


१३ पुस २०७७ काठमाडौं । सहिद मित्रमणि आचार्यका हत्यारा तत्कालीन नेविसंघका कार्यकर्ता डा भार्गव धिताललाई कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको डिन बनाइ पुरस्कृत गरिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत डबल नेकपा(माकेको )कोटामा धिताल नियुक्त भएका हुन् । सिफारिस समितिमा डबल नेकपा (माकेकै )चन्द्रमणी पौडेल रहेका थिए। विभिन्न प्राध्यापक संघ/संगठन मध्ये डबल नेकपा( माकेको )प्राध्यापक सङ्गठनले उनलाई बनाएको हो । भनिन्छ, उनको नियुक्तिमा पैसाको चलखेल भएको र यसको गन्ध प्रचण्डसम्म पुगेको बताइएको छ । सहिदप्रति त्यस किसिमको अपमान हुनु एकदमै दुखलाग्दो कुरा हो ।त्रिभुवन विश्वविद्यालय भित्र अहिले चर्चाको विषय बनेको छ। यस्तो हर्कत विरुद्ध विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिहरुले विगतमा विरोध भने नगरेका होइनन् ।अझ वैद्य समूहका विद्यार्थी संगठनको नेतृत्वमा केही वर्ष अघि भन्डाफोर र धर्ना अभियान समेत चलाइएको थियो । नियुक्तिमा पैसाको चलखेल भएकै हो ? नाम नभन्ने सर्तमा एक प्राध्यापकले न्युजकिरण डटकम अनलाइन खबरलाई जानकारी दिए ।

newskiran.com

newskiran.com

You May Also Like