प्रचण्ड माधव समूहले पुस १४ मा विशाल र्याली निकाल्ने


१२ पुस २०७७ काठमाडौं । प्रचण्ड माधव समुहका नेताहरुले पुष १४ गते राजधानीमा विशाल र्याली निकाल्ने भएका छन् । देशभरबाट कार्यकर्ता जम्मा पारेर करीब ५० हजारदेखि १ लाख सम्मको विशाल र्याली निकाल्ने पाटीका एक नेताले बताएका हुन् ।
यसको व्यवस्थापन र तयारीका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सय १ सदस्यीय जनआन्दोलन परिचालन समिति बनाइएको छ ।
नेकपाको संसद र केन्द्रीय समितिमा पूर्ण बहुमत रहेको सो समुहले संसद पुनस्थापना गर्नु पर्ने माग गर्दै केही दिन यता सडक प्रदर्शन समेत गर्दै आएको छ ।हालै बसेको सचिवालय बैठ्कले आउँदो २० गतेसम्म सबै प्रदेश र गाउँपालिकास्तरका भेला सम्पन्न गरिसक्ने निर्णय पनि गरिएको छ ।

newskiran.com

newskiran.com

You May Also Like