कसरी मनायो त वैद्यले १२८ औं माओ दिवस्, हेर्नुहोस् भिडियो सहित


११ पुस २०७७ काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) माओवादीका केन्द्रीय सल्लाहकार सदस्य डा ओम गुरुङले संघर्ष गर्ने ठिक समय आएको बताएका छन्। आफ्नो पार्टीले संसदीय व्यवस्था नमान्ने भएकाले संसद पुनःस्थापना वा संसदीय दलका संघर्षमा कुनै वास्ता नहुने बताउँदै उनले संघर्ष र एकताको ठिक समय आएको बताएका हुन् । १२८ औं माओ दिवसको अवसरमा गुरुङले सो कुरा बताएका हुन् ।

त्यस्तै नेकपा(क्रान्तिकारी माओवादी)का स्थायी सदस्य तथा देजमोका केन्द्रीय अध्यक्ष सिपी गजुरेलले नीति सही रहेकाले अब आफ्नो पार्टीले त्यसलाई कार्यान्वयन गर्न थालेको बताएका छन् । कार्यक्रम कार्यन्वयन गर्न कठिन भएपनि आफ्नो पार्टीको नीति सही रहेकाले क्रान्ति सफल हुने नेता गजुरेलको भनाइ रहेको थियो ।

सो कार्यक्रममा बोल्दै पार्टीका महासचिव मोहन वैद्य किरणले संसद विघटनको अवस्था र संसदीय दलका संघर्षमा आफ्नो पार्टीको नीति फरक रहेको बताएका छन् । माओको वैज्ञानिक समाजवादको व्याख्या गर्दै किरणले संघीय जनगणतन्त्र आफ्नो पार्टीको नीति रहेको बताएका हुन् ।अबको संसदीय व्यवस्था बाट मुलुक नचल्ने भन्दै किरणले संघीय जनगणतन्त्र पार्टीको नीति रहेको र त्यसको पछि लागेर फिल्डमा जान आफ्ना नेता कार्यकर्ताहरुलाई उनले निर्देश गरेका छन् ।

कार्यक्रमका सभापति ३ नं प्रदेश इन्चार्ज दिनेश शर्मा सागर थिए भने पार्टीका पोलिटब्युरो सदस्य तथा नेवा मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले उदघोषण गरेका थिए । कुपन्डोलमा भएको सो कार्यक्रममा उल्लेखनीय जनसहभागिताको उपस्थिति रहेको थियो ।

newskiran.com

newskiran.com

You May Also Like