वामपन्थी नेता सोनाम साथीको शुक्रबार निधन


१० पुस २०७७ काठमाडौं । बामपन्थी नेता स्वनाम साथीको शुक्रबार निधन भएको छ । काठमाडौँको मोडल अस्पतालमा उपचाररत साथीको शुक्रबार बेलुका निधन भएको हो । निमोनियाबाट ग्रसित साथीको आइसियुमा राखेर उपचार भइरहेको थियो ।

केही समय अघि कोरोना पोजेटिभ देखिएर संक्रमण मुक्त भएका स्वनाम साथीलाई निमोनियाका कारण फोक्सोमा अक्सिजनको मात्रा एकदमै कमी भएपछि फुल अक्सिजन दिनुपरेको थियो ।

कोरोना (कोभिड-१९) संक्रमित भएर गत २८ असोजमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर पुर्‍याइएका स्वनाम साथीलाई फेरि निमोनियाका कारण काठमाडौं मोडल हस्पिटलको आईसीयूमा लगिएको थियो ।

स्वनाम साथी पुराना वामपन्थी नेताका रुपमा चिनिन्थे।

newskiran.com

newskiran.com

You May Also Like