प्रधानमन्त्रीबाट संसद र राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन


५ षुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको सिफारिस राष्ट्रपति भण्डारीले स्वीकृत गर्दै संसद भंग गरेकी छन् ।राष्ट्रपति कार्यालयद्वारा जारी एक विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा (१० र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ ।

मिति २०७८ वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठ्कबाट निर्णय भई सोहीबमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकाले उक्त सिफारिस बमोजिम संघीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

नेकपा (क्रान्तिकारी माओवादी) माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७-९-५ गते गरेको संसद विघटनबारे प्रेस वक्तव्य जारी गर्दै प्रतिगामी कदम भनेका छन् ।
वक्तव्यमा वैद्यले:-
सत्ता र सुविधाको लुछाचुँडीका निम्ति सत्ताधारी नेकपामा सुरु भएको अन्तरकलह र कचिङ्गल आज २०७७ मङ्सिर ५ बिहानको मन्त्रीमण्डलको बैठ्कसम्म आइपुग्दा संसद विघटनको सिफारिस गर्ने हदसम्म विकास हुन पुगेको छ । प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष प्रस्तुत गरेको उक्त सिफारिसलाई राष्ट्रपति भण्डारीले अनुमोदन गरी आगामी २०७८ बैशाख १७ र २७ गते मध्याबधि निर्वाचनको तिथिमिति समेत घोषणा गरेकी छिन् । यो प्रतिगामी कदम हो ।

देशको विद्यमान राजनीतिक सङ्कट प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम हो । संसदीय व्यवस्थाकै कारण पैदा भएको वर्तमान सङ्कटको समाधान साम्राज्यवादी तथा विस्तारवादी चलखेलमा गरिने अर्को संसदीय निर्वाचनले गर्न सक्दैन । यस सङ्कटको एकमात्र समाधान सङ्घीय जनगणतान्त्रिक सत्ता, व्यवस्था र सरकारको स्थापना हो । यसलाई आम जनताले मनन गर्नु जरुरी छ ।
मिति : ५ पुष २०७७

किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)

newskiran.com

newskiran.com

You May Also Like