-अनन्त अविरल ‘टेकु’
भिर,पाखा भेडाबाख्रा चराएको याद आयो,
गोठालोमै उनलाई मन पराएको याद आयो, दुईमुटुको मिलन हुँदा अलग संसार बनाउँदै, नजर जुदाई नजरभित्र हराएको याद आयो,
चुलबुले उनी थिइन् चकचके म नि उस्तै,
झगडा गर्दै हामी दुई कराएको याद आयो,
जति गरेनी नसकिने कुरा हाम्रा पिरतीका,
दुनियाँले कुरा काटदा डराएको याद आयो,