जोरबिजोर खुलेसँगै जाम बढ्न थाल्यो


४ पुस २०७७ काठमाडौं । गत ०७६ चैत ११ बाट सुरु भएको लकडाउनको महिना दिन नै नपुगी लगाइएको जोरबिजोर नम्बरका आधारमा सञ्चालित सवारी साधनलाई ९ महिना लाग्दैगर्दा पुस २ बाट जोरबिजोर प्रणाली हटाइएको छ । जोरबिजोर प्रणाली हटेसँगै सडकमा गाडीको चाप ह्वात्तै बढेको छ । पुस १ गतेबाट उपत्यकामा फाट्टफुट्ट विद्यालय लगाउने मनसाय बोर्डिङ तथा सरकारीका प्रधानाध्यापकहरुले गरेका छन् । विद्यालय लगाउने सरकारको निर्णयप्रति सकारात्मक रहेका विद्यालयका प्रधानाध्यापकहरुलाई आफ्ना लगानी र पद जोगाउन हम्मे हम्मे परेको छ । कोरोना भाइरसको महामारी भन्दै सडकमा रोजीरोटीका लागि हिंड्न पाउने नेपाली जनताको मौलिक अधिकार नै झन्डै गुमेको थियो ।

सवारी साधनलाई गुड्न नदिएर अनि रोजगारी नै बन्द गरेर श्रमिकको जनजीवन अस्तब्यस्त बनाउने वर्तमान सरकारले मसिना निजी लगानी कर्ताहरुलाई करीब ३० लाख देखि ३ करोड सम्मको पूँजी डुबाउने खालको खेल र श्रमिक वर्गहरुलाई २ लाख देखि ५ लाख सम्मको ऋणमा चुर्लुम्म डुबाएको छ । कतिपय सरकारी जागिर खानेहरुको उमेर समेत लकडाउनले खाइदिएको छ । यस्तै पीडामा रहेको नेपाली जनता र जनजीवनबारे सोचीसाध्य छैन् ।३४/३५ वर्ष उमेर समूहका र ३९/४० उमेरकाहरुको उमेर हदम्याद कोरोनाले सकाइ दिएको छ ।

newskiran.com

newskiran.com

You May Also Like